२०८१, १८ बैशाख मंगलवार

“नुवाकोट क्रिकेट खेल विकासको लागि १ रुपैंयाँ समेत सहयोग भएको छैन”: पाठक

    फाल्गुन ७ २०७५ १८:३७

nuwakot cricket
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट क्रिकेट संघको आयोजना जिल्लाव्यापी विद्यालयस्तरिय क्रिकेट प्रतियोगिताको समापन कार्यक्रममा विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले क्रिकेट खेलमैदानको निर्माणमा नगरपालिका सकारात्मक रहेको बताउंदै नुवाकोट क्रिकेट संघलाई सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

विदुर नपा-४ का वडाध्यक्ष टलकमान श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष गिता अमात्य लगायतले नुवाकोट क्रिकेट विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

संघका अध्यक्ष दुर्गाराज पाठकले नगरपालिका र जिल्ला खेलकुद विकास समितीले क्रिकेट खेललाई पक्षपात गरेर जिल्लाको जिम्मेवार पक्षबाट क्रिकेट विकासको लागि कुनै किसिमको सहयोग नपाएको आरोप लगाएका छन् । समितिले फुटबल खेल विकासको लागि २० लाख सहयोग गर्ने र नुवाकोट क्रिकेट खेल विकासको लागि १ रुपैंयाँ समेत सहयोग नगर्ने भन्दै सबै खेललाई समान रुपले विकास गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको छ ।

गुडविल एकेडेमी विजयी

हिजो भएको फाईनल खेलमा  प्रतियोगिताको उपाधी गुडविल एकेडेमीले जितेको छ । खेलमा एकेडेमीले अर्किड एकेडेमी ‘ए’ लाई १ विकेटले पराजित गरि जित आफ्नो पोल्टामा परेको हो । जितसंगै गुडविलले ट्रफी, मेडल र प्रमाणपत्र सहित १० हजार बराबरको क्रिकेट सामाग्री हात पारेका छन् ।

टस जितेर पहिले ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १५ .२ ओभरमा अलआउट हुँदै ७२ रन बनाएको थियो । अर्किडको तर्फबाट कुशल नेपाली र अन्जान लामिछानेले समान ११ रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ गुडविल एकेडेमीका अमिक कुमालले ४ विकेट र सुदर्शन गजुरेलले २ विकेट लिए ।

७३ रनको बिजयी लक्ष्य पछ्याएको गुडविल एकेडेमीले १७.३ ओभरमा ९ विकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो । गुडविललाई उपाधी दिलाउन सुदर्शन गजुरेलले २३ रन बनाए । बलिङतर्फ अर्किडका सुमित कुवरले ३ विकेट र सन्जय भट्टराईले २ विकेट लिए । खेलमा सुदर्शन गजुरेल म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिताको बेस्ट बलर गुडविलका अमिक कुमाल, बेस्ट ब्याट्सम्यान अर्किड ‘ए’ का कुशल नेपाली र म्यान अफ दि सिरिज गुडविलका अमिक कुमाल घोषित भए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top