२०८१, १४ बैशाख शुक्रबार

शुभेनियर ३३ रनले विजयी

    फाल्गुन १ २०७५ ०८:३१

souvenir boarding school nuwakot cricket team wins
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बिदुर / नुवाकोट क्रिकेट संघको आयोजना र नुवाकोट जेसिजको सह-आयोजनामा संचालित जिल्लाब्यापी विद्यालयस्तरिय क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा शुभेनियर बोर्डिङ स्कुल विजयी भएका छन् ।

शुभेनियर बोर्डिङ स्कुल र च्वाडी पब्लिक मा.वि. बिच भएको पहिलो खेलमा शुभेनियर बोर्डिङ ३३ रनले बिजयी भएका हुन् ।

टस हारेर पहिले ब्याटिङ गरेको शुभेनियर बोर्डिङले १८.२ ओभरमा अलआउट हुँदै ८७ रन बनायो । शुभेनियरको तर्फबाट गौरव गजुरेलले २१ रन र दिपेश सुनारले १४ रन बनाएक थिए । बलिङतर्फ च्वाडीका सबिन डङ्गोल र सुभाष तामाङले समान ३/३ विकेट र राजन जैसवालले २ विकेट लिएक थिए ।

८८ रनको बिजयी लक्ष्य सहित मैदानमा उत्रिएको च्वाडी पब्लिक १४ ओभरमा अलआउट हुँदै मात्र ५४ रन बनाउदा ३३ रनले हार व्योहोर्न पुग्यो । च्वाडीको तर्फबाट कुनैपनी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ शुभेनियरका प्रवेश श्रेष्ठले ५ विकेट लिएका थिए ।

खेलमा शुभेनियरका प्रवेश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भएका छन् ।

दोश्रो खेल: गुडविल एकेडेमी विजयी

त्यस्तै गुडविल एकेडेमी र सहिद जगत प्रकाश जंग शाह संस्कृत बिधालय बिच भएको दोस्रो खेलमा गुडविल एकेडेमी ५६ रनले बिजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको गुडविल एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउदै ९५ रन बनायो ।गुडविलको तर्फबाट अमिक कुमालले ३७ रन र सुदर्शन गजुरेलले १३ रन बनाए ।

बलिङतर्फ देविघाट संस्कृतका दिप्सन रिमाल र श्रीतेश राईले समान ३/३ विकेट र सुभाष खतिवडाले २ विकेट लिए ।

९६ रनको बिजयी लक्ष्य पाएको देविघाट संस्कृत १३.४ ओभरमा अलआउट हुँदै मात्र ३९ रनमा समेटियो ।

देविघाट संस्कृतलाई सस्तोमा समेट्ने क्रममा गुडविलका अमिक कुमालले ४ विकेट लिए । त्यस्तै सुदर्शन गजुरेल ३ विकेट र अनिल लामाले २ विकेट लिए ।

खेलमा ३७ रन र ४ विकेट लिएका अमिक कुमाल म्यान अफ दि म्याच घोषित भए ।

आजको पहिलो खेल अर्किड एकेडेमी ‘बि’ विरुद्ध शुभेनियर बोर्डिङ स्कुल र दोश्रो खेल अर्किड एकेडेमी ‘ए’ र देविघाट सस्कृत मा.वि. बीच हुनेछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top