२०८१, १४ बैशाख शुक्रबार

गोल्डेन ब्याचका तेक्वान्दो खेलाडी सम्मानित

    पुष १६ २०७५ १७:०२

raju nagarkoti
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / क्यानाडा खुल्ला जी-१ अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-२०१८ मा काश्य पदक विजेता विदुर नगरपालिका वडा नं. १० निवासी राजु नगरकोटीलाई नुवाकोट तेक्वान्दो संघले सम्मान गरेको छ ।

नगरकोटीलाई संघका अध्यक्ष सुमन अधिकारी लगायत पदाधिकारीहरुले दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गरेको छ । यसै गरी हिजो नगरकोटीलाई नेपाल खेलाडी तथा प्रशिक्षक संघले पनि सम्मान गरेको थियो ।

Image may contain: 6 people, including Sangina Baidya, indoor

raju nagarkoti teakwndo nuwakot nepal

क्यानाडाको भ्यानकुभरस्थित रिच्मन्ड ओलम्पिक ओभलमा भएको प्रतियोगिताको ५० वर्षमुनि पुरुष एकल पुम्सेमा नगरकोटीले काश्य जितेको हो । नगरकोटी सहभागी स्पर्धामा ९ राष्ट्रका खेलाडी सहभागी थिए ।

नेपालको साख राख्ने खेल तेक्वान्दो स्वर्णीम थियो । स्वर्णीम पुस्तामा संगीना बैद्य, सविता राजभण्डारी, किशोर श्रेष्ठ, अशोक लामा र आलोक राना थिए । यसै ब्याचमा थिए अर्का खेलाडी – राजु नगरकोटी । नुवाकोट स्थायी घर भएका नगरकोटीले विगत १७ वर्षदेखि मकाउमा कार्यरत छन् । नगरकोटी नेपाल आर्मीका छैटौं ब्याचका तेक्वान्दो खेलाडी हुन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top