२०८१, १८ बैशाख मंगलवार

टि-२० क्रिकेटमा देविघाट जालपा युथ क्लब विजयी

    कार्तिक १२ २०७५ १९:४०

CAN T-20 Cricket Nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / नुवाकोट क्रिकेट संघको आयोजनामा जिल्लाव्यापी खुल्ला टि-२० क्रिकेट प्रतियोगिताको उपाधी देविघाट जालपा युथ क्लब विजयी भएका छन् ।

प्रतियोगिताको समापन विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नुवाकोटमा क्रिकेट खेलको विकासको लागि खेल मैदान र भौतिक पूर्वाधारको लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटको क्रिकेट विकासको लागि मैदान र आर्थिक सहयोग भएमा मात्र अघि बढ्न सकिने बताउनुभयो ।

प्रतियोगिताको फाईनलमा देविघाट जालपा युथ क्लबले नक्षत्र स्पोर्ट्स क्लबलाई २७ रनले हराएर विजयी भएका छन् । साथै युथ क्लबले उपाधी थाम्दै नगद रु.१० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । टस हारेर ब्याटिङ गरेको देविघाट जालपा युथ क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको थियो । देविघाट जालपा युथ क्लबको तर्फबाट विकास चित्रकारले नटआउट १८ रन, दिनेश चित्रकारले नटआउट १५ रन, राजेश रिमालले १५ रन र भेषराज रिमालले १३ रन बनाएको थियो । बलिङतर्फ नक्षत्रका प्रशिद्द खड्का र राजन अधिकारीले २/२ विकेट र अभियान बस्नेत र शौरभ कुवरले १/१ विकेट लिएका थिए ।

१३५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको नक्षत्र १९ ओभरमा अलआउट हुँदै १०७ रन बनाउँदा २७ रनले पराजय भोग्न बाध्य भएका नक्षत्रले उपविजेताको ट्रफी सहित नगद रु. ४ हजार र प्रमाणपत्र प्राप्त गरेका छन् । नक्षत्रको तर्फबाट अभियान बस्नेतले ३२ रन बनाएका थिए । बलिङतर्फ बालक्लबका विकास चित्रकारले ३ विकेट र विकाश लामिछानेले २ विकेट लिएका थिए । खेलमा बालक्लबका विकास चित्रकार म्यान अफ दि म्याच घोषित भएका छन् ।

जिल्लाव्यापी खुल्ला टि-२० क्रिकेट प्रतियोगिताको “बेष्ट बलर” युनिक ब्वाइजका जीवन सिलवाल, “बेष्ट ब्याट्सम्यान” नक्षत्रका सुशान्त तिमिल्सिना र “म्यान अफ दि सिरिज” देविघाट जालपा युथ क्लबका बिकाश चित्रकार घोषित भएका छन् । घोषित खेलाडीहरुलाई विदुरनगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष राजु सडौलाले ट्रफी प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top