विदुर, नुवाकोट / नुवाकोट क्रिकेट संघको आयोजनामा शुक्रबारदेखि जिल्लाव्यापी टि-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ ।
उद्धघाटन समारोहका प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष शिव चित्रकारले नुवाकोटको क्रिकेट विकासको लागि पूर्वाधार निर्माणको खाँचो रहेको बताउनुभयो ।
नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गाराज पाठकले नुवाकोटको क्रिकेट विकासको लागि मैदान र आर्थिक सहयोग भएमा मात्र अघि बढ्न सकिने बताउनुभयो ।
लिग चरणको आधारमा खेलाईने प्रतियोगितामा नक्षत्र स्पोर्ट्स क्लब, युनिक व्वाइज ढुंगे, देविघाट बाल क्लब र पिपलटार सामाजिक युथ क्लबले खेल्नेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु.१० हजार रुपैंयासहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नुवाकोट क्रिकेट संघले जनाएको छ । त्यस्तै, प्रदेशस्तरीय प्रतियोसिगतामा समेत भाग लिन पाउनेछ । द्वितीय हुने टिमले नगद रु.४ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नक्षत्र क्रिकेट क्लब ४ विकेटले विजयी
आजै भएको प्रतियोगितामा नक्षत्र क्रिकेट क्लब ४ विकेटले विजयी भएको छ । युनिक व्वाइज ढुङ्गेले निर्धारित २० ओभर ६ विकेट गुमाएर १ सय १६ रन बनाएको थियो । युनिक व्वाइजका लागि प्रवेश श्रेष्ठले १६ रन बनाए भने सन्तोष थापाले १५ रन प्रहार गरे । वलिङतर्फ नक्षत्रको लागि प्रदिप खड्काले सर्वाधिक २ विकेट र राजन अधिकारी, रक्षक खनाल र सौरभ कुँवरले १/१ विकेट हात पारे ।
१ सय १७ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नक्षत्र स्पोर्ट्स क्लब ले १८.५ ओभरमा ४ विकेट गुमाएर जित हासिल गरेको थियो । नक्षत्रतर्फवाट सुशान्त तिमिल्सिनाले २१ बलमा ४२ रन बनाए भने कुमार अधिकारी र ओम प्रकाश श्रेष्ठले समान १६ रन बनाए । बलिङ्गतर्फ युनिक व्वाइज ढुंगेका यूकेश श्रेष्ठले ३ विकेट लिए । प्रतियोगितामा नक्षेत्र स्पोटर्स क्लवका शुसान्त तिमिल्सीना “म्यान अफ द म्याच” घोषित भएका छन्।

प्रतिक्रिया