२०८१, १३ बैशाख बिहीबार

तीन दिने मैत्रीपूर्ण क्रिकेट खेल सुरु

    भाद्र ३० २०७५ १९:५०

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट / नुवाकोट क्रिकेट संघ र रोयल क्रिकेट ईन्डोर बिचको तीन दिने मैत्रीपूर्ण क्रिकेट खेल सुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नुवाकोट क्रिकेट संघको टिम १२ रनले विजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नुवाकोटले २० ओभरको खेलमा पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा ७५ रन बनाएको हो । नुवाकोटको तर्फबाट शितल रिमाल १२ रन, मिथलेश शर्माले ११ रन बनाएका थिए । बलिङतर्फ रोयल क्रिकेट ईन्डोरका पवन सिग्देलले ४ विकेट लिएको छ ।

७६ रनको विजयी लक्ष्यसहित उत्रिएको रोयल क्रिकेट ईन्डोर १५.३ ओभरमा ६३ रनमा अलआउट भयो । रोयलका तर्फबाट अभियान बस्नेतले १३ रन र शुभ ज.ब.राणा १२ रन बनाए । बलिङतर्फ नुवाकोटका कुशल नेपालीले ५ विकेट र अमिक कुमालले ३ विकेट लिएको छ ।

नुवाकोटका कुशल नेपालीले ५ विकेट लिंदै म्यान अफ दि म्याचको उपाधि आफ्नो पोल्टामा परेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top