२०८१, १३ बैशाख बिहीबार

एन्फा अध्यक्ष नुवाकोटमा, भदौ महिनाबाट ग्रासरूट कार्यक्रम सुरु

    श्रावण १४ २०७५ ००:०४

ANFA Nepal visit Nuwakot Grassroots Football
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट/ अखिल नेपाल फुटवल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा सहितको भ्रमण टोलिले ग्रासरुट फुटबल विकासको लागि नुवाकोट भ्रमण गरेका छन् ।

एन्फाले नेपाली महिला फुटबल विकासको लागि प्रदेश न.२ को रौतहट जिल्ला सुविधा सम्पन्न महिला टेक्निकल सेन्टर निमार्णको लागि फिफाबाट स्वीकृति लिईसकेको अध्यक्ष शेर्पाले बताउनुभयो । त्यस्तै, नेपालभरका ४५ जिल्लामा भदौ महिनाबाट ग्रासरूट कार्यक्रम सुरु हुने जानकारी अध्यक्ष शेर्पाले दिनुभयो ।

भ्रमण टोलीले विदुर नगरपालिका-४ स्थित आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदान र देविघाटको खेल मैदानको अवलोकन गर्नुको साथ गरेको नुवाकोट जिल्ला फुटबल संघका पदाधिकारीसंग छलफल गरेको अध्यक्ष दिपकलाल चित्रकारले बताउनुभयो । नुवाकोट फूटबल विकासको लागि खेल मैदान अवलोकन, आगामी कार्यनिति,  प्रसासनिक र आर्थिक गतिविधि सम्बन्धी योजनाको लागि नुवाकोट भ्रमण गरेको अध्यक्ष चित्रकारले जानकारी दिनुभयो ।

भ्रमण टोलीमा अध्यक्ष शेर्पासहित उपाध्यक्ष तथा पुर्व राष्ट्रिय फूटबल खेलाडी उपेन्द्रमान सिंह र केन्द्रिय सदस्य पूर्णमान चित्रकार रहेको थियो ।

Image may contain: 5 people, people smiling, people sitting

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top