२०८१, १४ बैशाख शुक्रबार

एन्फाकपको उपाधि महादेव माविको पोल्टामा

    श्रावण २ २०७५ २१:२५

anfa inter secondary football competition nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / एन्फाकप अन्तर माध्यामिक फुटबल प्रतियोगिताको फाईनल खेलमा महादेव माविले पन्चकन्या बोर्डिङलाई २ का विरुद्ध १ गोलको अन्तरले पराजित गर्दै उपाधि पोल्टामा पारेको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका महादेव माविका रामेश्वर नेपाल म्यान अफ द म्याच र पन्चकन्या बोर्डिङ स्कुलका विकास तामाङ उदयीमान खेलाडीमा घोषित भएका छन् ।

प्रतियोगिताका विजेता, उपविजेतालाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, श्रीनाथ गणका गणपति प्रमुख सेनानी अन्जन रुपाखेती र जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बुद्धी प्रधानले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा असार २७ गतेदेखि सुरु भएको थियो।  प्रतियोगितामा नुवाकोटका विभिन्न २३ विद्यालयको सहभागिता रहेको थियो ।

विजेताले प्रदेश नं ३ मा हुने प्रदेशस्तरीय खेलमा सहभागिता जनाउने नुवाकोट जिल्ला फुटबल संघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top