+
Search

ताजा अपडेट +

पपुलर +

महिला हिंसाबाट बच्न लिए १८७ छात्राले आत्मरक्षाको तालिम

डबली खबर
७ साल अगाडी

विदुर । महिलालाई आत्मसुरक्षाका निम्ति सशक्त बनाउने अभिप्रायले आयोजित दुई दिने रास्ट्रपति खेलकूद महिला सहभागिता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

जिल्ला खेलकूद विकास समितको समन्वय रहेको “महिला हिंसाविरुद्ध हाम्रो संकल्प, खेलकूदमा महिला सहभागिता उत्तम विकल्प” नारा सहितको तालिममा एक सय ८७ जना छात्रा विद्यार्थीहरुलाई कुरोडैया सेल्फ डिफेन्सको तरीकाहरुको तालिम दिईएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले खेल क्षेत्रमा महिला सहभागिता वृद्धि भएमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताएका छन् । लैङ्गिक समताको सोच र व्यवहार हुनुपर्ने बताउनुहुँदै हाल खेल क्षेत्रमा रहेका महिलाहरुले भोग्नुपरेका विभेदको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो।

नुवाकोटको खेलकुद विकास र महिलाहरुलाई सधै हौसला प्रदान गर्न जिल्ला खेलकुद विकास समिति तयार रहेको जिल्ला खेलकुद विकास समितिका सदस्य उद्धव पनेरुले बताउनुभयो । समाजमा महिला हिंसा हुने भएकाले महिलालाई खेल क्षेत्रमा लगाउन सकिए सामाजिक परिवर्तनमा योगदान पुग्ने बताउनुभयो ।

कार्यक्रममा केआईएफ कुरोदैया सेल्फ डिफेन्स मार्शआर्टस् महासचिव तथा प्रमुख प्रशिक्षक सुरेन्द्रसिहं बिस्टले प्रशिक्षण दिनुभएको थियो । पहिलो चरणको कार्यक्रम भएकोले दुई दिने प्रशिक्षणलाई आगामी दिनहरूमा विद्यालयस्तरमै गएर प्रशिक्षण दिने बिस्टले बताउनुभयो । प्रशिक्षण ३६ जिल्लाहरुमा एकैसाथ संचालनमा भइरहेको बिस्टले जानकारी दिनुभयो । यस कुरोडैया सेल्फ डिफेन्स मार्शआर्टसको विकास नेदरल्याण्डबाट भएको बिस्टले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल शिक्षक संगठन नुवाकोटका अध्यक्ष चिरन्जीवी भट्ट, खेलकूद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्य, पत्रकार, शिक्षक लगायतको उपस्तिथी रहेको थियो । त्यस्तै, चन्द्रज्योति माध्यमिक विद्यालयका ३५, महेन्द्र माविका २८, निरन्जन माविका १०, अजिंगरे माविका १०, त्रिभुवन त्रिशुली माविका २७, भैरुम माविका १२, भैरवी माविका १२, क्षेत्रपाल माविका ११, च्वाडी माविका २०, युनाईटेड माविका १२, भैरवी एकेडेमीका १० छात्राहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागी भैरवी एकेडेमीमा अध्यनरत छात्रा सगिना मल्लले महिला हिंसाबाट बच्न, आत्मरक्षाको लागि कसरी प्रतिरोध गर्ने भन्ने तरिकाको ज्ञान र मनोबल बढेको बताएका छन् ।

कुरोडैया के हो?

महाभारतकालमा “कुरोडैया” को सुरु भएको कथनमा उल्लेख गरिएको छ । हिंसाको जहाँ समाप्त हुन्छ त्यहाँ मायाको दर्शनको शुरु हुन्छ र महात्मा गांधीको सिद्धान्त “अहिंसाको व्यवहार” बाट अभिप्रेतित रहेको छ, कुरोडैया ।

कुरोडैयाका आधारभूत सिद्धान्तहरू

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ