sujim bazar advert

माध्यमिक विद्यालयस्तरीय खेल प्रतियोगिता हुने

    असार १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर । जिल्ला खेलकूद विकास समिति नुवाकोटको आयोजनामा यहि असार २७ र २८ गते बट्टारस्थित कभर्ड हल परिसरमा माध्यमिक विद्यालयस्तरीय खेल प्रतियोगिता हुने भएको छ ।

खेलाडीकाे उद्गम भनेकाे नै विद्यालय रहेकाेले विद्यालयस्तरकाे प्रतियाेगिता संचालन गरिन लागेकाे जिल्ला खेलकूद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले बताउनुभयो । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल खेल समावेश गरिएको विजेताले शील्ड, मेडल र प्रमाणपत्र पाउने प्रमुख वैद्यले बताउनुभयो।

प्रतियोगितामा प्रत्येक माध्यमिक विद्यालयका तीन छात्र र तीन छात्रा सहभागी हुन पाउनेछ । त्यस्तै, प्रतियोगितामा एक खेलाडीले कुनै एक खेल मात्र खेल्न पाउने जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।

प्रत्येक वर्ष संचालन गरिदै अाएकाे प्रतियाेगिता यस वर्ष पनि संचालन गरिन लागेकाे हाे ।

विद्यालायलाई पठाईएको पत्र

Seconday Level Sports Nuwakot

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top