विदुर । जिल्ला खेलकूद विकास समिति नुवाकोटको आयोजनामा यहि असार २७ र २८ गते बट्टारस्थित कभर्ड हल परिसरमा माध्यमिक विद्यालयस्तरीय खेल प्रतियोगिता हुने भएको छ ।
खेलाडीकाे उद्गम भनेकाे नै विद्यालय रहेकाेले विद्यालयस्तरकाे प्रतियाेगिता संचालन गरिन लागेकाे जिल्ला खेलकूद विकास समिति नुवाकोटका कार्यालय प्रमुख सन्तोषी वैद्यले बताउनुभयो । प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल खेल समावेश गरिएको विजेताले शील्ड, मेडल र प्रमाणपत्र पाउने प्रमुख वैद्यले बताउनुभयो।
प्रतियोगितामा प्रत्येक माध्यमिक विद्यालयका तीन छात्र र तीन छात्रा सहभागी हुन पाउनेछ । त्यस्तै, प्रतियोगितामा एक खेलाडीले कुनै एक खेल मात्र खेल्न पाउने जिल्ला खेलकूद विकास समितिले जनाएको छ ।
प्रत्येक वर्ष संचालन गरिदै अाएकाे प्रतियाेगिता यस वर्ष पनि संचालन गरिन लागेकाे हाे ।
प्रतिक्रिया