२०८१, १२ बैशाख बुधबार

नुवाकोट गोल्डकप: पोखरा-११ लाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा (पूर्ण भिडियोसहित)

    जेष्ठ २४ २०७५ २१:४८

Nuwakot Gold Cup Football Nuwakot Nepal Police Vs Pokhara11
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/ यहाँ जारी ‘नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा नेपाल पुलिस क्लबले पोखरा-११ लाई हराउँदै फाइनलमा प्रवेश गरेको छ ।

नुवाकोटको बट्टारस्थित खेल मैदानमा आज भएको खेलमा टाई ब्रेकर पेनाल्टीमा नेपाल पुलिस क्लब ३–२ गोल अन्तरले पोखरा-११ लाई हराउंदै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाई ब्रेकर पेनाल्टीमार्फत लिइएको थियो । पेनाल्टीमा पुलिसका तर्फबाट सुमन लामा, अभिषेक रिजाल र तेज तामाङले गोल गरे ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका अभिषेक रिजाललाई ‘म्यान अफ दि म्याच’ घोषित गर्दै रु १० हजार नगद प्रदान गरियो । रिजाल नुवाकोट जिल्लाबासी भएको आयोजकले जनाएको छ ।

कास्कीका तर्फबाट अजित गुरुङ र विश्व अधिकारीले मात्र गोल गरेपछि खेलको विजेता पुलिस क्बल भएको हो । पुलिसका तर्फबाट अजित भण्डारी र भोला सिलवालले पेनाल्टी खेर फाले भने पोखरा-११ का तर्फबाट विमल बस्नेत, हेमन गुरुङ र लक्ष्मण रुचालको पेनाल्टी खेर गयो ।

शनिबार हुने प्रतियोगिताको फाइनल खेलमा आजको विजेता पुलिस क्लब र थ्रीस्टार क्लबबीच प्रतिष्पर्धा हुने आयोजक नुवाकोट जिल्ला फुटबल संघका अध्यक्ष दीपक चित्रकारले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको विजेताले रु पाँच लाख र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् ।

पहिलो हाफ

दोश्रो हाफ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top