२०८१, १३ बैशाख बिहीबार

नुवाकोट गोल्डकपः एपिएफलाई हराउंदै पोखरा-११ सेमिफाइनलमा

    जेष्ठ २० २०७५ २२:५०

APF Vs. Pokhara11
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट/ नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’मा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)लाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउँदै कास्की सेमिफाइनलमा प्रवेश गरको छ ।

बट्टारस्थित खेलमा मैदानमा आज भएको प्रतिस्पर्धामा खेल शुरु भएको तीन मिनेटमा नै कास्की–११ को तर्फबाट मानबहादुर तामाङले गर्नुभएको गोल निर्णायक भएको हो । तामाङ नै म्यान अफ दि म्याच घोषित भएका थिए । तामाङले साकुरा नेपालतर्फबाट १० हजार रुपैयाँ हात पारेका थिए ।

प्रतियोगिताको पहिलो खेलमा नै पराजय व्यहोरेको एपिएफ क्लब प्रतिस्पर्धाबाट बाहिरिएको छ । लिग चरणको पहिलो खेलमा काठमाडौँ–११ लाई हराएको कास्की दोस्रो खेलमा पनि विजयी हुँदै अन्तिम चारमा प्रवेश गरेको आयोजक नुवाकोट जिल्ला फुटबल संघका महासचिव विष्णु चालिसेले जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top