२०८०, १६ चैत्र शुक्रबार

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

    जेष्ठ ५ २०७५ १०:०५

one day prime minister cricket cup nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौँ/राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ ।

राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतानुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेशनललाई २४ हजार अष्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।

सोही कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सी एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गर्नुभयो । प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top