sujim bazar advert

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट जेठ १३ देखि

    जेष्ठ ५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

one day prime minister cricket cup nepal
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ/राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ ।

राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४ बीच प्रतिस्पर्धा हुनेछ । नेपालयले प्रतियोगिताको मुख्य प्रायोजक एक्सेल्सिया कलेजसँग पनि प्रायोजन सम्झौता गरेको छ । एक्सेल्सिया कलेजका क्षेत्रीय प्रमुख बबी अब्राहम र नेपालय इन्टरनेशनलका प्रबन्ध निर्देशक सुवास प्रधानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतानुसार एक्सेल्सिया कलेजले नेपालय इन्टरनेशनललाई २४ हजार अष्ट्रेलियन डलर उपलब्ध गराउने भएको छ ।

सोही कार्यक्रममा प्रतियोगितामा लगाइने जर्सी एक्सेल्सिया कलेजका प्रतिनिधि बबी र नेपालका प्रबन्ध निर्देशक सुवासले सार्वजनिक गर्नुभयो । प्रतियोगिता जेठ २९ गतेसम्म चल्नेछ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताका समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले रु २० लाख तथा उपविजेताले रु १० लाख हात पार्नेछन् । यस्तै म्यान अफ द सिरिजले रु एक लाख र विधागत उत्कृष्ट हुनेले जनही रु ५० हजार पाउने छन् ।

 

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top