विदुर । ‘समृद्ध नुवाकोट–हाम्रो अठोट’ भन्ने नाराको साथ सञ्चालन हुन लागेको पाँचौं नुवाकोट महोत्सवको तयारी तीब्र रुपमा सञ्चालन भइरहेको आयोजक नुवाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
फागुन १६देखि २६ गतेसम्म विदुरमा सञ्चालन गरिन लागेको महोत्सवको तयारीको लागि विभिन्न उपसमितिहरु गठन गरि परिचालन गरिएको संघका प्रवक्ता सन्तोष उप्रेतीले बताए । शुक्रबार विदुरमा पत्रकार सम्मेदलन गरि महोत्सवको तयारीबारे जानकारी गराइएको छ । महोत्सवको संरक्षकमा नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ भने सहआयोजकहरुमा जिल्ला समन्वय समिति, विदुर नगरपालिका, विदुर नगरकार्यपालिका उद्योग विकास शाखा र कृषि विकास कार्यालय रहेको छ । यस्तै, महोत्सवमा सहयोगी संस्थाहरुमा नुवाकोट निर्माण व्यवसायी संघ, नुवाकोट क्रसर व्यवसायी संघ, जिल्ला लघु उद्यमी संघ, जिल्ला सहकारी संघ, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता समिति, गैरसरकारी संस्था महासंघ नेपाल रहेको छ ।
माघ १० गतेबाट सञ्चारमाध्यमहरुमा प्रचारप्रसार आरम्भ गर्ने, माघ २५ गतेबाट स्टल निर्माण थाल्ने संघले जनाएको छ । स्टल बुकिङको लागि माघ १० गतेबाट खुल्ला गरिने र स्थानीय व्यापारीहरुलाई स्टल शुल्कमा २५ प्रतिशत छुटको व्यवस्था संघकी कोषाध्यक्ष गीता अमात्यले जानकारी दिइन् ।
प्रतिक्रिया