sujim bazar advert

मत माग्दै उम्मेदवार गाउँमा

    कार्तिक २८, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

पहिलो चरणअन्तर्गत १० मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका लागि नुवाकोटका राजनीतिक दल निर्वाचन अभियान लिएर गाउँ पसेका छन् । दलहरू उम्मेदवारी दर्तासँगै मतदातालाई आफ्नो पक्षमा पार्न विभिन्न एजेन्डासहित घरदैलो, भेटघाट र निर्वाचन केन्द्रित सभामा व्यस्त छन् ।

उम्मेदवारी दर्तासँगै राजनीतिक दलका कार्यकर्ता र उम्मेदवारहरू दलबलसहित निर्वाचन अभियानमा जुट्दा गाउँमा निर्वाचनको रौनक बढेको छ । जिल्लामा मुख्य प्रतिस्पर्धा वाम तथा लोकतान्त्रिक गठबन्धनबीच नै हुने आँकलन सबैको छ ।

जिल्लाका प्रत्येक टोलगाउँका सर्वसाधारण किसानलाई भने अहिले वर्षभरि खेती गरी फलाएको धानबाली भिœयाउने चटारो छ । त्यसैगरी धान भि-याइसकेका किसान खेतमा अन्य बाली लगाउने चटारोमा छन् । तर, दलहरू आफ्नो निर्वाचन अभियानलाई मतदाताको खेतबारीसम्म पु-याएका छन् । ‘नेताहरू मतदाताको खेतबारीसम्म पुगेर किसानहरूसँगै काम गर्दै मत मागिरहेका छन्,’ लिखुका स्थानीय डेभिड ढकालले भने, ‘आफ्नो एजेन्डासहित मतदातालाई खुसी पार्ने अभियानमा उम्मेदवारहरू तल्लीन छन् ।’ धान भिœयाएका किसान खेतमा आलु, गहुँ, तोरी र तरकारी खेतीमा लागेका कारण दलको निर्वाचन कार्यक्रम गाउँबाट खेतबारी केन्द्रित हुन पुगेको उनले बताए ।

गाउँमा कामको चटारोले छोपेको बेला नेताहरू भने १०/१२ वटासम्म गाडी लिएर लिएर गाउँ जान्छन् । गाउँकेन्द्रित निर्वाचनका कार्यक्रममा दलहरू केन्द्रित हुँदा गाउँमा छुट्टै रौनक छाएको तारकेश्वर गाउँपालिका–२, तारुकाका रामप्रसाद पनेरुले बताए ।

मतदान गर्ने दिन आउन १४ दिन मात्रै बाँकी रहँदा किसानलाई अझै निर्वाचनले छुन नसकेको उनले बताए । त्यसो त दलहरूले काममा लागेका किसानको खेतबारीमै पुगेर पार्टीबारे प्रचारप्रसार गर्दै मत माग्न थालिसकेका छन् । दलहरूले जिल्लादेखि वडा, टोलस्तरमा समेत प्रचारप्रसार समितिहरू निर्माण गरेर धमाधम निर्वाचन प्रचारप्रसार थालेका छन् ।

गाउँगाउँमा निर्वाचनको रौनक बढ्दै गएको बेलकोटगढीका मानबहादुर रानाले बताए । ‘दुवै दलले अभियानलाई तीव्र बनाएका छन्,’ रानाले भने, ‘स्थानीय तहको जस्तो रौनक अझै बढिसकेको छैन ।’

उनका अनुसार उम्मेदवारहरूले टोलटोलमा भेटघाट कार्यक्रमलाई निरन्तरता दिए पनि नागरिकहरूमा उत्साह भने धेरै नभएको बताए । खेती किसान गर्ने चटारोका कारण स्थानीयमा कम चासो भएको हुन सक्ने उनले बताए ।

अहिलेसम्म गाउँगाउँमा मतदाता शिक्षा नपुगेका कारण पनि मतदाताहरूमा अन्योल छाएको नेकपा एमाले प्रचार विभाग प्रमुख बासुदेव कँडुवाल बताउँछन् । स्थानीय तहमा मतदान गरेको छोटो समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आएपछि पनि नागरिकहरूमा मतदाता शिक्षाको कमी भएको कँडुवाल बताउँछन् ।

दुईवटा प्रतिनिधिसभा क्षेत्र, चार वटा प्रदेश तह रहेको नुवाकोटका अधिकांश स्थानमा पहिलो चरणका कार्यक्रम दुवै गठबन्धनले पूरा गरिसकेको बताए । वाम गठबन्धनले नुवाकोटलाई प्रदेश ३ को राजधानी बनाउने घोषणा गरी समृद्धि, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर मत मागिरहेको छ ।

वाम गठबन्धनले केरुङ–काठमाडौं– लुम्बिनी रेलमार्ग निर्माण, चीन–नुवाकोट पाइपलाइनमार्फत तेल ल्याउने, बेत्रावतीदेखि धादिङको वैरेनीसम्म स्मार्ट सिटी बनाउनेलगायतका कार्यक्रम गर्न वाम गठबन्धनलाई मत मागेको प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नारायणप्रसाद खतिवडाले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top