sujim bazar advert

नुवाकोटमा यात्रुसँग लिएको बढी भाडा प्रहरीले फिर्ता गरायो

    अशोज १९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

असोज १९, नुवाकोट । दशैँ पर्वमा अनियमित रुपमा सवारी साधन सञ्चालन गरी यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ ।

पर्वका समयमा चालकले यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो चौतर्फी आएपछि आज जिल्लाको विभिन्न स्थानमा जाँच गरी सातवटा सवारी साधनका चालकलाई कारबाही गर्नुका साथै ती सवारी साधनमा यात्रा गर्ने १६५ यात्रुको रु १८ हजार फिर्ता गरिएको उक्त कार्यालयका इञ्चार्ज अर्जुन पौडेलले जानकारी दिनुभयो ।

तोकिएको भन्दा बढी भाडा रकम लिएको भन्दै यात्रुबाट आएको गुनासोका आधारमा सातवटा सवारीसाधनले लिएको बढी भाडा शुल्क रकम सम्बन्धित यात्रुलाई फिर्ता गराएर सवारीसाधनलाई समेत कारबाही गरी रु दश हजार ५०० राजश्व संकलन गरिएको उहाँले बताउनुभयो । रासस

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top