sujim bazar advert

दीपेन्द्र बने यु-१९ राष्ट्रिय टोलीको कप्तान, सन्दिप लामिछाने आउट

    भदौ ११, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

एसिया कपका लागि १८ सदस्यीय टिम घोषणा

काठमाडौं, ११ भदौ । मलेसियामा आउँदो सेप्टेम्बरमा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

आइतबार दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १८ सदस्यीय नेपाली यु–१९ टोलीको घोषणा गरिएको हो । यसअघि यु–१९ टोलीको कप्तानी सन्दिप लामिछानेले गर्दै आएका थिए ।

भर्खरै सिंगापुरमा सम्पन्न यु–१९ विश्वकप छनोट खेलमा दीपेन्द्र ब्याटिंगमा राम्रो प्रदर्शन गरेपछि प्रशिक्षकले उनलाई कप्तानको जिम्मेवारी दिएका हुन् ।

को को छन् टिममा ?

१) दिपेन्द्रसिंह ऐरी (कप्तान)

२) सन्दिप लामिछाने

३) मोहम्मद असिफ शेख

४) सन्दिप सुनार

५) प्रनित थापा मगर

६) पवन सराफ

७) अनिलकुमार साह

८) रोहितकुमार पौडेल

९) किशोर महतो

१०) शाहब आलम

११) नन्दन यादव

१२) बिक्रमकुमार भुषाल

१३) सन्दिप जोरा

१४) सुमित महर्जन

वैकल्पिक खेलाडी

१) कमल सिंह ऐरी

२) ललित नारायण राजवंशी

३) प्रकाश केसी

४) रिजन ढकाल

© दैनिक नेपाल

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top