sujim bazar advert

क्यान्सरको उपचारमा सहयोग

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

क्यान्सर रोगको उपचार गराइरहेका आफ्ना सहकर्मीको छोराको उपचारका लागि जिल्ला वन कार्यालय नुवाकोटका कर्मचारीहरुले सहयोग गरेका छन् ।

जिल्ला वन कार्यालयमा वन रेञ्जर पोष्टमा कार्यरत नारायण घिमिरेको १७ वर्षिय छोरा जागरण घिमिरेको उपाचारका लागि वन कार्यालयमा कार्यरत कर्मचारीबाट संकलन भएको २९ हजार पाँच सय रुपैयाँ विरामीका पिता नारायणलाई आइतवार हस्तान्तरण गरिएको हो ।

जिल्ला वन अधिकृत पदमराज नेपालले उपचारमा सहयोग पुर्याउनका लागि संकलन भएको रकम जागरणका बुबा नारायण घिमिरेलाई हस्तान्तरण गरेको कार्यालयका रेन्जर लोकनाथ न्यौपानेले जानकारी दिए ।

जागरणलाई कुन किसिमको क्यान्सर भएको हो भन्ने बारेमा खुल्न सकेको छैन भने एक पटक किमोथोरापी गर्न ४५ हजार भन्दा धेरै रकम लाग्ने परिवारजनले बताएको छ । उनको उपचार भक्तपुर क्यान्सर अस्प्तालमा भइरहेको छ ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top