sujim bazar advert

पक्की घर बनाउन नपाएको गुनासो

    साउन ९, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot

गत वर्षको विनासकारी भुकम्पबाट घर भत्केर टहरामा बस्दै आएको पीडितहरुले चाहेर पनि पक्की घर निर्माणमा अघि बढ्न नसकेको गुनासो गरेका छन् । जिल्लाका कतिपय गाविसमा सडक विस्तार भइरहेकोले सडक मापदण्डको बारेमा स्पष्ट हुन नसकेकाले चाहेर पनि घर निर्माण गर्न नसकेको भुकम्प पीडितहरुले बताएका हुन् ।

मध्य पहाडी लोकमार्गको विस्तारमा नुवाकोटका कतिपय नागरिकहरु भूकम्प पीडितमात्र नभएर बासस्थान समेत नरहेको गुनासो गर्छन् । नुवाकोटको पाटी भञ्ज्याङ छहरे, ढिकुरे, गंगटे, त्रिशुली, सामरी हुँदै धादिङ जोडिने लोकमार्गको सडक सञ्चालनको क्रममा विदुर नगरपालिका र आसपासमा रहेका पूरानो बस्तीहरु विस्थापित हुने भएका छन् । त्रिशुलीदेखि सामरी सडक अन्तर्गतका ४ सय घरले अहिले नक्सा पास गर्न सकेका छैनन् । विगतमा झै सडकको केन्द्रबाट ७ मिटर बाटो छोडेर घर बनाउन नगरपालीकामा नक्सा पास गर्न जादा नक्सा पास नभएको स्थानीहरुको गुनासो छ ।

टहरामा बस्दा निकै गारो भएर ऋिण धन गरेर भए पनि घर बनाउन खोज्ने नागरिकहरु नक्सा पास गर्न नपाउदा आफुहरु थप पीडीत भएको विदुर नगरपालीका वडा नम्बर ८ बगुवाका दोर्ना तामाङले बताए । सरकारले घर बनाउन २ लाख अनुदान दिए पनि आफुहरुले घर कहाँ बनाउने भन्ने समस्या पीडितहरुलाई यतिबेला परेको छ । पुरानो बस्तीमा घर बनाउन सडक २५ मिटर छोडनु पर्ने र आफ्नो घर बनाउने जग्गा नै नरहने हुदाँ कहा बस्ने भन्ने चिन्ताले थप सताएको बिदुर नगरपालिका ८ का सुशीला श्रेष्ठको भनाई छ ।

मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तर्गत पर्ने स्थानहरुमा घर बनाउँदा सडकको केन्द्रबाट दाँयाबाँया २५/२५ मिटर छोडनुपर्ने, गल्छी–देवीघाट–पिपलटार अन्र्तगत १५/१५ मिटर, नुवाकोट दरबार पहुँच सडक अन्तरगत घर निर्माण गर्दा ७/७ मिटर छोडेर मात्र घर निर्माण गर्न सकिने मापदण्ड रहेको छ ।

पुनर्निमाणमा जुटेका घर धनिहरुले सडकको मापदण्ड पूरा गरेर मात्र नक्सा पास गर्न सकिने विदुर नगरपालीकाले जनाएको छ । मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तरगत सडकको केन्द्रबाट २५ मिटर छोडेर नक्सा पास गर्न आउने नागरिकहरुको नक्सा पास भइरहेको विदुर नगरपालीकाका कार्यकारी अधिकृत प्रेमकुमार रसाइलीले बताए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top