+
Search

ताजा अपडेट +

पपुलर +

मेरो माइक्रोफाइनान्सद्वारा बेलकोटगढिको राहत कोषमा आर्थिक सहयोग

mero micro finance cash doante belkotgadhi municipality nuwakot corona-min
डबली खबर
५ साल अगाडी

विदुर – मेरो माइक्रोफाइनान्सले बेलकोटगढि नगरपालिकाको राहत कोषमा आर्थिक सहयोग गरेको छ । फाइनान्सले कोरोना भाइरसको रोमथाम, नियन्त्रण तथा उपचार कोषमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

फाइनान्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार बेलकोटगढिका नगरप्रमुख राजेन्द्ररमण खनाललाई संस्थाका प्रबन्धक राजुप्रसाद पुडासैनीले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन । लकडाउनको कारण दैनिक ज्याला मजदुरी गर्ने परिवार तथा न्यून आयस्तर भएका व्यक्तिहरुलाई समेत जीविकोपार्जनको लागि निकै गाह्रो भएको अवस्थालाइ ध्यानमा राखी नगरलाई सहयोग गरिएको प्रबन्धक पुडासैनीले जानकारी दिएका छन्  ।

यस अघि फाइनान्सले संघिय सरकारको कोरोना नियन्त्रण तथा राहत कोषमा २५ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरिसकेको छ । त्यस्तै शाखा कार्यालयहरु मार्फत स्थानीय तहका कोरोना उपचार कोषहरुमा पनि सहयोग गरिरहेको छ ।

नेपाल सरकारले अनुरोध गरेको आदेशलाई पूर्ण रुपमा पालना गर्दै फाइनान्सले बन्दाबन्दीको समयमा हरेक दिन देशका विभिन्न स्थानमा शाखा कार्यालयहरु खोल्दै सम्भव भएसम्मको सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत लघुबित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ