+
Search

ताजा अपडेट +

पपुलर +

मदिरा बनाउने ७ सय लिटर कच्चापदार्थ नष्ट

gharelu madira nashta
डबली खबर
६ साल अगाडी

विदुर – घरेलु मदिरा बनाउने कच्चापदार्थ विभिन्न स्थानबाट करिब सात सय लिटर बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम विदुरबाट तीन सय लिटर र मुलाबारीबाट चार सय लिटर बराबरको अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरि नष्ट गरिएको जिल्ला प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिएका छन् । प्रहरीले मदिरा बनाउने भाँडाकुँडा समेत बरामद गरेको छ ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ।

घरेलु मदिराका कारण हिंसात्मक घटना हुनसक्ने भएकाले प्रहरीले जिल्लाका सबै स्थानीय तहमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरी अवैध मदिरा बरामद गरी नष्ट गर्दै आइरहेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ