+
Search

ताजा अपडेट +

पपुलर +

तारकेश्वरमा ९ शय्याको क्वारेन्टाइन तयार

novel corona covid 19 quarantine tarkeshwor rural municipality
डबली खबर
६ साल अगाडी

तारकेश्वर – तारकेश्वर गाउँपालिका वडा नम्बर ४ बुधसिंङ नेवारपानीमा रहेको सरस्वती आधारभूत विद्यालयमा ९ शय्याको क्वारेन्टाइनस्थल तयार पारिएको छ ।

गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्तीका अनुसार आवश्यकता अनुसार थप क्वारेन्टाइनस्थल अन्य वडाहरुमा पनि तयार गरिने जानकारी दिए । स्वास्थ्य चौकिमा सेवालिन आएका दिर्घ रोगी जेष्ठ नागरिकहरुलाई मास्क वितरण समेत गरेको जानकारी दिए ।

निषेधाज्ञाको अनुगामनमा बाहिर हिंडिरहेका भेटिएका घरभित्र रहन सम्झाई कोरोनाको संक्रमणबाट सुरक्षित रहन नियमित रुपमा साबुन लगाएर हात धुन, खोक्दा वा हाच्छ्युँ गर्दा कुहिनो छोप्न, रुघाखोकी वा फ्लुका लक्षण देखिएका व्यक्तिबाट टाढै रहन र आफु वा आफ्ना बालबालिकामा ज्वरो, खोकि वा सास फेर्न कठिनाई भएमा तुरून्तै स्वास्थ्य सेवा लिन अनुरोध गरेको पालिकाका प्रशासकीय अधिकृत माधव घिमिरेले जानकारी दिए ।

क्वारेन्टाइनमा तीन स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ