+
Search

ताजा अपडेट +

पपुलर +

११औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु

11th president cup district level sports competition nuwakot
डबली खबर
६ साल अगाडी

विदुर । ११औं राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय छनोट प्रतियोगिता आजदेखि नुवाकोटमा शुरु भएको छ ।

विदुर नगरपालिका-१ स्थित त्रिभुवन त्रिशूली माविको खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा सांसद नारायणप्रसाद खतिवडाले गरेका छन् ।

समारोहमा जिल्ला समन्वय समितिका सभापति सन्तमान तामाङ, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, विदुरनपाका नगरप्रमुख सञ्जु पण्डित लगायतले युवा पुस्ताले शिक्षासँगै खेललाई पनि सँगसँगै लैजानुपर्ने बताए ।

प्रतियोगितामा जिल्लाका १२ स्थानीयतहमध्ये ९ तहका विभिन्न विद्यालयले सहभागी जनाएका छन् । एथलेटिक्स, तेक्वान्दो, कराँते, उसु, भलिबल, कबड्डी लगायतका खेलहरु हुनेछ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ