+
Search

ताजा अपडेट +

पपुलर +

फुलपाती भित्र्याइयो

डबली खबर
१ घण्टा अगाडी

असोज ३१, नुवाकोट । विदुर नगरपालिका–२ स्थित ऐतिहासिक तथा धार्मिक तुलजा भवानी मन्दिरमा आज परम्परागत विधिसहित फुलपाती भित्र्याइएको छ। बाजागाजा, सैन्य सलामी र सरकारी उपस्थितिबीच धार्मिक कार्यक्रम सम्पन्न भएको हो।

मन्दिरमा नेपाली सेनाको निशान झण्डा, मङ्गल र भैरवी सलामीका साथ बस्नेत, मगर र अर्याल समुदायले संकलन गरेको फुलपाती विशेष समारोहका रूपमा भित्र्याइएको नुवाकोट दरबार मौला अमालका द्वारे महेन्द्रकुमार शाहीले बताए  ।

दसैँको सातौँ दिन मनाइने फूलपाती पर्वले धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झल्काउने विदुर नगर–२ का वडाध्यक्ष दीपक कायस्थले बताए । यसवर्ष पनि नुवाकोट दरबारको ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै विधिपूर्वक फूलपाती भित्र्याइएको उनले बताए ।

नुवाकोटमा फुलपाती भित्र्याउने परम्परा मल्लकालदेखि नै चल्दै आएको मानिन्छ। गोरखा र हनुमानढोकामा जति महत्व छ, नुवाकोटमा पनि फुलपातीको उत्तिकै महत्व रहेको छ।

कार्यक्रममा नेपाली सेनाको टुकडीले मङ्गल सलामी दिएको थियो।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, नेपाली सेनाको शेर गणका गणपति प्रमुख सेनानी आविष्कार ढुंगाना, त्रिशूली सैन्य तालिम केन्द्रका दीपक राईलगायतको सहभागिता रहेको थियो।

फुलपाती भित्र्याएपछि सबैले प्रसादस्वरूप टीका ग्रहण गरेका थिए।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ