+
Search

ताजा अपडेट +

पपुलर +

प्रहरी दिवसमा रक्तदान तथा स्वास्थ्य परीक्षण

सुनील श्रेष्ठ
१ घण्टा अगाडी

असोज २७, नुवाकोट । ७१ औं प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय नुवाकोटले मंगलबार आफ्नो कार्यालय परिसरमा रक्तदान तथा स्वास्थ्य जाँच गरेको छ।

प्रहरी कार्यालयको आयोजना तथा त्रिशूली अस्पताल र नेपाल रेडक्रस सोसाइटी नुवाकोट शाखाको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा २७ जनाले रक्तदानको प्रहरी नायव उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।

शिविरमा प्रहरी कर्मचारीहरूको समग्र स्वास्थ्य परीक्षण गर्नुका साथै विशेषज्ञ टोलीद्वारा आवश्यक परामर्श समेत प्रदान गरिएको छ ।

दिवसकै अवसरमा कार्यालयले विदुर नगरपालिका वडा नं. २ विदुर स्थित रुद्रेश्वर महादेव मन्दिर तथा राहुल धारा परिसरमा सरसफाइ गरेको थियो ।

प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन र सामुदायिक सेवालाई सुदृढ लैजान प्रहरी दिवसका अवसरमा आगामी दिनहरूमा विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूलाई निरन्तरता दिइने जनएको छ।

लेखकको बारेमा

सुनील श्रेष्ठ

ट्रेन्डिङ