+
Search

ताजा अपडेट +

पपुलर +

४९ जनाद्वारा रक्तदान

डबली खबर
५३ सेकेण्ड अगाडी

भदौ ८, नुवाकोट । ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्र ओम शान्ति भवन बट्टारको आयोजनामा बृहत रक्तदान कार्यक्रम भएको छ ।

प्रजापिता ब्रह्माकुमारि ईश्वरीय विश्व विद्यालय अन्तर्राष्ट्रिय संस्थाका पूर्व मुख्य प्रशासिका राजयोगिनी डा: प्रकाशमणीको १९ औं पुण्य स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

बट्टारमा भएको रक्तदानमा विदुर नगरपालिकाका २ नम्बरका वडा अध्यक्ष दिपक कायस्थ, जिल्ला आयुर्वेद चिकित्सालय नुवाकोटका प्रमुख डा. नरेन्द्रप्रसाद गिरी, पत्रकार शालिकराम चालिसे गरी कुल ४९ जनाले रगतदान गरेका थिए । कार्यक्रममा पुरुष ३२ जना र महिला १७ जना जीवनदाताले रगतदान गरेका थिए ।

केन्द्रको मुख्य आयोजना नेपाल नेपाल रेडक्रस सोसाईटी नुवाकोट शाखाद्वारा सञ्चालित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको थियो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ