जेठ २७, बट्टार । नुवाकोट आदर्श बहुमुखी क्याम्पसको नयाँ शैक्षिक भवन निर्माणको शिलान्यास गरिएको छ ।
नुवाकोट, रसुवा र धादिङ क्षेत्रकै सबैभन्दा पुरानो, ऐतिहासिक र अग्रणी उच्च शैक्षिक धरोहरको रूपमा स्थापित उक्त क्याम्पसको आज एक औपचारिक रुपमा विदुर नगरपालिकाका नगरप्रमुखले उक्त भवन शिलान्यास गरेका हुन् ।
वि.सं. २०४२ सालमा स्थापित क्याम्पसको नयाँ भवन शिलान्यास कार्यक्रममा नगरप्रमुखले क्याम्पसबाट हजारौं दक्ष जनशक्ति उत्पादन भएको र देशका विभिन्न उच्च ओहोदामा पुगेकोमा नगरपालिकाले गर्व महशुस गरेको बताए ।
नगरप्रमुखले भने ‘आज हामी जुन स्थानमा छौँ, यो उपलब्धी हाम्रा अग्रजहरूको पसिना, त्याग, लगनशीलता र दूरदर्शिताले मात्र सम्भव भएको हो ।’
भौतिक पूर्वाधार बिना प्रविधिमैत्री र आधुनिक शिक्षा सम्भव नभएको उल्लेख गर्दै नगरप्रमुखले नयाँ भवन निर्माणसँगै क्याम्पसको शैक्षिक वातावरण थप उत्कृष्ट बन्ने र यसले अनुसन्धानमूलक शिक्षामा जोड दिने विश्वास व्यक्त गरे । आजको युग प्रतिस्पर्धात्मक, वैज्ञानिक र प्रविधिको युग भएको चर्चा गर्दै नगरप्रमुखले बदलिँदो समयअनुसारका बिषयहरु सूचना प्रविधि तथा प्राविधिक बिषयहरुलाई प्राथमिकता दिन आग्रह गरे।
विदुर नगरपालिकाले शैक्षिक सुधारका अनुभवहरु सुनाउँदै नगरप्रमुखले भने, ‘आधुनिक प्रविधि, अनुसन्धान र नवीनतम ज्ञानमा अब्बल बन्न प्राध्यापकहरूले आफूलाई निरन्तर अपडेट गरी खरो रूपमा उतार्नु आजको आवश्यकता हो। लगनशील भएर अघि बढ्दा सफलता प्राप्त हुने छ।’
कार्यक्रममा क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठले पूर्व अध्यक्ष एवं संस्थापक विष्णु बहादुर आचार्यले समाज र क्याम्पसमा पुर्याएको योगदानको प्रशंसा गर्दै क्याम्पसले उनको योगदानलाई सधैँ सम्झिरहने बताए ।
२८ लाख १२ हजार रुपैँया लागत रहेको नयाँ सातकोठे भवनको आगामी असोजमहिनाभित्र सम्पन्न हुने क्याम्पस प्रमुख गोविन्द लिम्बुले जानकारी दिए ।

सोहि कार्यक्रममा क्याम्पसका २७ जना विद्यार्थीहरुलाई दुई लाख १३ हजार सात सय बराबरको छात्रवृत्ति वितरण गरिएको थियो ।
क्याम्पसमा विभिन्न संकाय तथा कक्षा ११ र १२, स्नातक, स्नाकोत्तर तहमा गरी करीब एक हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत छन् ।

प्रतिक्रिया