+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोट कभर्डहल जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण

Nuwakot Covered Hall handed over to District Sports Development Committee
डबली खबर
२ मिनेट अगाडी

जेठ २३, नुवाकोट । सामाजिक विकास कार्यालयको स्वामित्वमा रहेको विदुर नगरपालिका-९ को कभर्डहल जिल्ला खेलकुद विकास समिति, नुवाकोटलाई आज एक औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

हस्तान्तरण कार्यक्रममा सामाजिक विकास कार्यालय, गजुरीका प्रमुख रमेश घिमिरे र जिल्ला खेलकुद विकास समिति, नुवाकोटका अध्यक्ष विजय गुरुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

हस्तान्तरणसँगै अब कभर्डहलको सञ्चालन, रेखदेख, व्यवस्थापन तथा खेलकुद गतिविधिहरू प्रवर्द्धन गर्ने सम्पूर्ण जिम्मेवारी नुवाकोट जिल्ला खेलकुद विकास समितिले पाएको छ।

यस पूर्वाधारको हस्तान्तरणले जिल्लामा खेलकुद गतिविधि बढाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको विदुर नपा-९ का अध्यक्ष हरिराम भण्डारीले बताए ।

कभर्डहलको उचित व्यवस्थापनले खेलाडीहरूको प्रशिक्षण र क्षमता विकासमा सहयोग पुग्ने समितिका अध्यक्ष विजय गुरुङले बताए ।

समितिले कभर्डहललाई खेलाडी, प्रशिक्षक र खेलप्रेमीहरूको हितमा अधिकतम र प्रभावकारी रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ