१८ चैत, नुवाकोट । समृद्ध नुवाकोट र युनाईटेड क्लबको आयोजनामा भएको रक्तदानमा २६ पिन्ट रगत सङ्कलन भएको छ ।
जिल्लामा बिरामीलाई रगत आपूर्ति सहज गराउन गरिएको रक्तदानमा २६ पुरुषहरुले रगत दान गरेको समृद्ध नुवाकोटका अध्यक्ष पूर्णमानकुमार श्रेष्ठले जानकारी दिए । रक्तदानमा सबैभन्दा बढी ‘ओ पोजेटिभ’ रगत संकलन गरिएको छ ।
कार्यक्रममा जिल्लास्थित विभिन्न व्यवसाय गर्दै आईरहेका करिब एक दर्जन व्यवसायहरुको प्रयोजन गरेको थियो ।
रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको रक्त सञ्चार सेवा केन्द्रको प्राविधिक सहयोग रहेको थियो ।
प्रतिक्रिया