१६ फागुन, काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै आइसिटी फाउन्डेसन नेपालले ‘डिजिटल लिडरसीप डायलग’ शृङ्खला सञ्चालन गरेको छ ।
संस्थाले सातै प्रदेशमा भर्चुअल माध्यमबाट डिजिटल लिडरसीप डायलग सञ्चालन गरिएको थियो। भर्चुअल संवादमा सात प्रदेशका ५० बढी उम्मेदवारहरूले डिजिटल प्रविधि र पूर्वाधारमा काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
डिजिटल लिडरसीप डायलगमार्फत दल र उम्मेदवारहरूको घोषणापत्र तथा कार्यान्वयनमा केन्द्रित रहँदै डिजिटल नेतृत्व र नीतिसम्बन्धी विषयमा एक महिनासम्म भौतिक तथा भर्चुअल संवाद गरिएको इभेन्ट संयोजक रचना खरेलले जानकारी दिइन्।
उनका अनुसार यस्ता कार्यक्रमले डिजिटल रूपान्तरण, नीति निर्माण र प्रभावकारी कार्यान्वयनबीचको खाडल कम गर्दै व्यावहारिक परिणाम हासिल गर्ने दिशामा सार्थक संवाद अघि बढाउने विश्वास लिइएको छ।