+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकारहरुसँग अन्तरक्रिया

One-month campaign on non-communicable diseases
डबली खबर
१ साल अगाडी

९ फागुन, कोलेनी । जनस्वास्थ्य कार्यालय नुवाकोटले नसर्ने रोगको एक महिने अभियानका बिषयमा शुक्रबार पत्रकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यालयले नसर्ने रोगहरुको अवस्था, पहिचान र निदानमा प्रचारप्रसारको विषयमा कार्यक्रम गरेको हो ।

कार्यालयका प्रमुख महेन्द्रध्वज अधिकारीले अभियान अन्तर्गत गतिविधी र समग्र नसर्ने रोगका विषयमा जानकारी दिएका थिए ।

नेपालमा पछिल्ला वर्षमा नसर्ने रोगका बिरामीको सङ्ख्या बढेको छ । नसर्ने रोगका बिरामी बढेसँगै सरकारमाथि यो समस्याको निदान कसरी गर्न सकिन्छ भन्ने चुनौती थपिएको उनले बताए । नसर्ने रोगका बिरामीको पहिचान, उपचार तथा खोजी गर्ने काम सुरु गर्न यो अभियान थालिएको उनले बताए ।

नसर्ने रोगको पहिचानसँगै निःशुल्क औषधी तथा बिरामीको अवस्था, औषधी सेवनलगायतमा स्थानीय तहले खोजीसमेत गरिरहेको उनले जानकारी दिए । सबैभन्दा बढी उच्च रक्तचापका बिरामीहरु रहेको छ । यस्तै, क्यान्सर, मधुमेह र हृदयघात जस्ता रोगका बिरामीहरु बढी रहेकोले नसर्ने रोगका बिरामीको पहिचानका लागि प्राथमिकतामा राखेर स्थानीय तहले बजेट विनियोजन गर्नुपर्ने भनाई राखेका छन् ।

तीन सयभन्दा बढीले लिए स्वास्थ्य सेवा

नसर्ने रोगहरूलाई न्युनिकरण गर्न स्वस्थकर खानपान र  नियमित व्यायाम तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिए ।

नसर्ने रोग न्युनिकरणका लागि मधुमेह, उच्च रक्तचाप, मिर्गौला, शरीरको तौल मापनको अवस्था पत्ता लगाउन स्वास्थ्य नि:शुल्क परीक्षणको व्यवस्था गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । 

नसर्ने रोगको नि:शुल्क स्वास्थ्य शिविर, दुई सय १८ ले लिए सेवा

 

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ