+
Search

ताजा अपडेट +

पपुलर +

नसर्ने रोगको नि:शुल्क स्वास्थ्य शिविर, दुई सय १८ ले लिए सेवा

Free health camp for non-communicable diseases in Nuwakot DAO
डबली खबर
१ साल अगाडी

६ फागुन, विदुर । नुवाकोटमा नसर्ने रोगको नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सो शिविरबाट दुई सय १८ जना सेवाग्राहीले स्वास्थ्य जाँच गराएर लाभान्वित भएका छन् ।

त्रिशूली अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोली, विदुर नगरपालिकाका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आउने सेवाग्राहीहरुलाई स्वास्थ्य सेवा दिएका हुन् ।

नसर्ने रोग अभियान अन्तर्गत प्रजातन्त्र दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालयको परिसरमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए ।

शिविरमा रगतमा चिनीको मात्रा (सुगर), रक्तसञ्चार, शरीरको उचाई अनुसारको तौल मापनको अवस्था, पिसाब परीक्षण गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । ३० वर्ष उमेरपछि विभिन्न नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन भइरहेको उनले बताए । सोहि अभियानमा नसर्ने रोग निकै आक्रामक तरिकाले वृद्धि भएकाले समयमै परीक्षण गरे धजधनको जोगाउन सकिने उनले बताए । 

नसर्ने रोगहरूलाई न्युनिकरण गर्न स्वस्थकर खानपान र नियमित व्यायाम तथा तनाव व्यवस्थापनमा ध्यान दिनुपर्नेमा त्रिशूली अस्पतालका चिकित्सक कैलाश विश्वकर्माले सल्लाह दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ