+
Search

ताजा अपडेट +

पपुलर +

तीन सयभन्दा बढीले लिए स्वास्थ्य सेवा

Free health camp for non-communicable diseases in National Central Jail Nuwakot
डबली खबर
१ साल अगाडी

७ फागुन, नुवाकोट । नसर्ने रोग एक महिने अभियानअन्तर्गत नि:शुल्क स्वास्थ्य शिविरमा आज तीन सय जनाले स्वास्थ्य जाँच गराएका छन् ।

प्रस्तावित केन्द्रीय कारागारका कर्मचारी र कैदीबन्दीहरुको नसर्ने रोगको स्वास्थ्य जाँच गरिएको जनस्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । अभियान अन्तर्गत शिविरमा ३० वर्ष माथिका सबै नागरिकलाई मधुमेह (रगतमा चिनीको मात्रा परीक्षण) रक्तचाप (ब्लड प्रेसर) मापन, मिर्गौला सम्वन्धी रोग, उचाई र तौलको आधारमा (बीएमआई) मापन गरिएको उनले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरुको पहिचान गर्ने महिनाको रुपमा मनाउने निर्णय गरेसँगै नुवाकोट जिल्लामा पनि विभिन्न स्वास्थ्य कार्यक्रम सञ्चालन गरिने छ । उनले कसैलाई नसर्ने रोग छ कि छैन भनेर जानकारी लिनका लागि अभियान सञ्चालन भईरहेको बताए । उनले भने, ‘कसैलाई रोग छैन भने त राम्रो भइहाल्यो । सकेसम्म रोग लाग्न नदिऔँ’, ‘तर रोग लागिसकेपछि उपचार गर्नुपर्छ । समयमै पहिचान गरौँ ।’

साथै शिविरमा चिकित्सकको पूर्जा अनुसार बिरामीलाई नि:शुल्क औषधी पनि वितरण गरिएको छ ।

लक्षित उमेरका नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ