नुवाकोट – पञ्चकन्या गाउँपालिका-५ मा गिरी टोलस्थित दिपक गिरीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी भएको छ ।
शनिबार कुखुराको खोरमा ग्यास सिलिण्डर चुहावट भई आगलागी हुँदा खोर भित्र रहेको एक हजार ३५० वटा कुखुराको चल्ला जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तीलक भारतीले जानकारी दिए । साथै खोरमा रहेको १० बोरा कुखुराको दाना र भाडाहरु जलेको उनले बताए ।
अपराह्न १२ बजेर ३० मिनेटमा गिरीको कुखुराको खोरमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट करीब सात लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ।

प्रतिक्रिया