+
Search

ताजा अपडेट +

पपुलर +

हेल्लो सेवा सञ्चालन (विवरणसहित)

DAO Nuwakot Office Building
डबली खबर
५ साल अगाडी

विदुर – नुवाकोटमा कोभिड-१९ को जोखिम बढ्दै गइरहेको अवस्थामा सरकारी तथा सार्वजनिक निकायमा सेवाग्राहीको अनावश्यक भीडभाडलाई न्यूनीकरण गर्न शुक्रबारदेखि हेल्लो सेवा सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज सूचना जारी गर्दै जिल्लास्थित ५५ सरकारी तथा सार्वजनिक निकायहरुको सेवा बारेमा सेवाग्राहीलाई जानकारी लिनको लागि सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बर सार्वजनिक गरेको छ।

काेराेनाकाे संक्रमण समुदायस्तरमा फैलिरहेकाे हुँदा संक्रमण राेकथाम तथा नियन्त्रणका लागि सेवाग्राहीहरुलाई आफनाे कामकाे विषयमा जानकारी लिई सेवा लिन आउने प्रयोजनको लागि माेवाईल फाेनबाट नै पनि सूचना लिन सकिने प्रमुख जिल्ला अधिकारी झकंनाथ ढकालले बताए।नागरिकहरुले हरेक कार्यालयमा साधारण साेधपुछकाे काममा पनि जिल्ला धाएर आउनुपर्ने बाध्यताकाे अन्त्य हुने ढकालले बताए ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ