+
Search

ताजा अपडेट +

पपुलर +

सामाजिक सञ्जालको उपयोग गर्दै एक वृद्धालाई सहयोग

food help to 75 years old women through social networking in nuwakot tws
डबली खबर
६ साल अगाडी

नुवाकोट – सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग दुवै कार्य भई रहेको छ । सदुपयोग भन्दा पनि दुरुपयोग गरेकै कारण सजाय भोग्नेहरु पनि धेरै छन्। युवापुस्ता माझमा सामाजिक सञ्जालको प्रयोग क्षणिक मनोरञ्जन, भलाकुसारी र असामाजिक विषयवस्तु बाहेकका सामग्री राख्नेहरुमा कमि छैनन् तापनि नुवाकोटमा भने सामाजिक सञ्जालबाटै एक वृद्धालाई खाद्यान्न सहयोग उपलब्ध गराईएको छ।

आइतबार सामाजिक अभियन्ता महेन्द्र श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा “राहातको आशा झुपडीको बास” क्याप्सनसहित विदुर नगरपालिका-१ त्रिशुली निवासी एक ७५ वर्षिया वृद्धा कान्छी डङ्गोलको फोटो राखेर ३ बजेर १३ मिनेटमा पोस्ट गरेका थिए । पोस्ट भएको तीन मिनेट पनि नबित्दै जालपा फ्रेस मिनिरल वाटरका सञ्चालक तथा युवा व्यवसायी सुमन दुवालले फेसबुकमा राखेको पोस्टमा प्रतिक्रिया दिदै श्रेष्ठलाई फोन गरि ती वृद्धालाई आफु सहयोग गर्न तत्पर रहेको बताए ।

दुवालबाट प्राप्त सहयोग भएको चामल २५ केजी, तेल २ लिटर, दाल १ केजी, नुन २ पाकेट, पिठो १ केजी, बिस्कुट १ दर्जन लगायतका खाद्यान सामग्री आइतबार साझँ नै ती वृद्धा आमालाई उपलब्ध गराईएको थियो । लकडाउनको समयमा दैनिक गुजारा टार्न असहज भएका ती वृद्धालाई सहयोग गर्न पाउँदा आफुलाई खुशी लागेको दुवालले बताए।

‘सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन उनले सञ्जालबाटै पनि गर्न सकिने भन्ने उदाहरण दिएका हुँ’, श्रेष्ठले भने, ‘यसले सबै युवाहरुमा सामाजिक सञ्जालको सकारात्मक प्रयोगमा उत्प्रेरणा दिने विश्वास लिएको छु। ‘

वृद्धा आमा एकल महिला हुन्। ‘श्रीमानको देवासनपछि सानातिना मजदुरीबाट कमाएको पैसाले आफ्नो गुजारा चलाउँदै आईरहेको छुँ’ उनीले भनिन् ‘बुढाबुढीलाई सरकारले दिएको भत्ताबाट पनि आफुले त्यसबाट पेट पालिरहेको बताईन्।’ वडाबाट प्रदान गरिएको खाद्यान्न राहत सामाग्री सकिएकोमा यसरी सहयोग प्राप्त भएकोमा खुशी भएकी छिन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ