+
Search

ताजा अपडेट +

पपुलर +

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा कोरोना राहत कोषमा एक लाख सहयोग

posta bahadur bogati memorial donate coron donation fund nepal
डबली खबर
५ साल अगाडी

नुवाकोट – पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा कोरोना रोकथाम उपचार तथा राहत कोषमा एक लाख रुपैंयाँ सहयोग गरेको छ ।

बिहिबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर प्रतिष्ठानले उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

विश्वनै कोरोना भाईरस महामारी विरुद्ध लडिरहेको समयमा केहि मात्रामा भनेपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्रतिष्ठानका कोषाध्यक्ष रुद्र ढुंगेलले बताए ।

२०७१ साल भदौ ३० गते हृदयघातबाट निधन भएका तत्कालिन एकीकृत माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको नाममा गठित प्रतिष्ठानले विभिन्न मानवीय तथा सामाजिक सहयोगका कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ