+
Search

ताजा अपडेट +

पपुलर +

लागुऔषधसहित दुई जना पक्राउ

डबली खबर
२ हप्ता अगाडी

१७ चैत, नुवाकोट । लागुऔषधसहित दुई जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी विक्रम लामाले जानकारी दिए ।

प्रहरी टोलीले विदुर नगरपालिका-२ स्थित उनीहरुको घरकोठाबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेमा विदुर नपा-५ का कृष्णप्रसाद पाण्डे र सोहि नगरपालिकाको ९ नम्बर वडा कोलनीका विजय पौडेल रहेका छन्। उनीहरुको साथबाट लागुऔषधसहित नगद १९ हजार ७ सय रुपैयाँ बरामद गरिएको जनाइएको छ।

उनीहरुको साथबाट सिरिन्स, प्रयोग भएको र नभएको एम्पुल, गाँजा जस्तो देखिने वस्तु बरामद गरिएको छ ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला अदालत नुवाकोटबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ