sujim bazar advert

बालबालिकालाई शैक्षिक सामग्री र पोसाक वितरण

डबली खबर     चैत्र ११, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

Distribution of materials and clothing to the area Nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

११ चैत, नुवाकोट । च्वाडी पब्लिक पूर्व विद्यार्थी समाज २०४८ ले दुई छुट्टाछुट्टै विद्यालयका विद्यार्थीहरूलाई सहयोग सामग्री वितरण गरेको छ। समाजले बेलकोटगढी नगरपालिकाका विभिन्न वडामा पुगेर विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई लक्षित गर्दै शैक्षिक र विद्यालय पोसाक हस्तान्तरण गरेको हो।

एक कार्यक्रमका बीच बेलकोटगढी नगरपालिका वडा नम्बर ८ पाँचखलेस्थित जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरूलाई आवश्यक स्टेसनरी सामग्रीहरू वितरण गरिएको समाजका प्रतिनिधि अनुजकुमार श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूलाई अध्ययनमा थप ऊर्जा र प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले कापी, कलम लगायतका सामग्री प्रदान गरिएको समाजले जनाएको छ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सुरेशलाल चित्रकारले पूर्व विद्यार्थीहरूको यो सक्रियताको प्रशंसा गरे । उनले आफ्नै शैक्षिक जग सुरु भएको क्षेत्रको विकास र वर्तमान विद्यार्थीहरूको भविष्यप्रति चिन्तित भएर यस्ता परोपकारी कार्य गर्नु उदाहरणीय रहेको बताए ।

समाजले बेलकोटगढी नगरपालिका वडा नम्बर १० स्थित बालकुमारी आधारभूत विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक वितरण गरेको छ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top