+
Search

ताजा अपडेट +

पपुलर +

दोहोरो अङ्कमै सीमित नुवाकोटका १२ उम्मेदवारहरु

12 candidates received under 100 votes in election at Nuwakot by Dabali Khabar
डबली खबर
३ महिना अगाडी

२५ फागुन, नुवाकोट । प्रतिनिधिसभा निर्वाचनको मतगणनामा साना दल तथा स्वतन्त्र उम्मेदवारहरूको उपस्थिति निकै कमजोर देखिएको छ। जिल्लाको दुवै क्षेत्रका दलगत र स्वतन्त्रका १२ जना उम्मेदवारहरुले १०० मत समेत प्राप्त गर्न सकेनन्। उनीहरुले दोहोरो अङ्कमै सिमित भए । एकातिर हजारौँ मतान्तरका साथ मुख्य दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुँदा प्रमुख राजनैतिक दलको विरासत ढलेको छ ।

लोकतान्त्रिक अभ्यासमा उम्मेदवारी दिनु हरेक नागरिकको अधिकार भएतापनि नुवाकोटका मतदाताले साना दल र स्वतन्त्र उम्मेदवारहरूलाई भने नराम्ररी पाखा लगाएका छन् ।

नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा सबैभन्दा बढी उम्मेदवारहरूको विजोग देखिएको छ। नौ जना उम्मेदवारले एक सय मत पनि प्राप्त गर्न सकेनन्। निर्वाचन आयोगको तथ्याङ्कअनुसार सबैभन्दा कम मत पाउनेमा विवेक सिलवाल रहेका छन् । उनले मात्र ६ मत प्राप्त गरे।

एक सय मत प्राप्त गर्न नसक्ने उम्मेदवारहरूमा राजन गौतमले ८८ मत, सन्जिव गुरुङले ६३ मत, रविन्द्र डंगोलले ५० मत, राजु थापाले ४९ मत, अधिवक्ता रामेश्वर भण्डारीले २९ मत, होमबहादुर राईले २४ मत, माधव थापाले २० मत मात्र प्राप्त गरेका छन् ।

यसैगरी, नुवाकोटका एक मात्र महिला उम्मेदवार चेपे तामाङले पनि १४ मत मात्र प्राप्त गरेकी छिन् ।

क्षेत्र नं. २ मा पनि तीन जना उम्मेदवारहरुले मतदाताको विश्वास जित्न सकेनन् । मानसिंह गदाइलीले सबैभन्दा कम मात्र ११ मत पाएका छन्। कम मत पाउने उम्मेदवारहरुमा किरण तिमसेनाले ५२ मत, सुवास भट्टले २८ मत र मानसिंह गदाइलीले ११ मत प्राप्त गरेका छन्।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ