२० फागुन, विदुर । भोलि फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले जिल्लाभर सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रशासनले सूचना जारी गर्दै आज (फागुन २० गते) राति १२ बजेदेखि भोलि अन्त्य: भोलि (फागुन २१ गते) साँझ मतदान सम्पन्न नभएसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।
निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त पास नभएका सबै निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालन गर्न पाइने छैन।
निर्वाचनको दिन एम्बुलेन्स, दमकल र शव वाहन, सुरक्षा निकायका सवारी साधनहरू, विद्युत, खानेपानी, ढल र दूरसञ्चार मर्मतका सवारी, कुटनैतिक नियोगका सवारी साधनहरू, निर्वाचनको लागि आधिकारिक पास प्राप्त सवारी साधनहरूको निम्न सवारी साधनहरूलाई रोक लगाइने छैन ।
जिल्ला प्रशासन कार्यालयले यस नियमको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने समेत जानकारी गराएको छ।


















प्रतिक्रिया