sujim bazar advert

पम्पमा सवारीसाधनको लामो लाइन, ग्यालिनमै लाईन

डबली खबर     फाल्गुन १९, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

motorcycle line in petrol pump at Nuwakot
Big Education Consultancy Nuwakot

१९ फागुन, बट्टार । नुवाकोटका पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइनको लस्कर लाग्न थालेको छ।

मध्यपूर्वमा तनाव र त्यसपछि विकसित घटनाक्रमसँगै नुवाकोट लगायत देशभरका पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लाग्न थालेको हो।

सोमबारदेखि नै नुवाकोटका पेट्रोल पम्पहरूमा सवारीसाधनको लाइन लाग्न थालेको थियो।

पेट्रोलपम्पमा लाईन

अहिले सवारीसाधनसँगै ग्यालिनमा समेत पेट्रोलियम पदार्थ भण्डारण गर्नको लागि पेट्रोलपम्पमा लाईन लाग्न थालिएको छ ।

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको र आगामी दिनमा पनि सहज हुने बताउँदै अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

साथै, प्रशासनले सवारीसाधनको ट्यांकीमा बाहेक अन्यमा भण्डारणको लागि निषेध गरेको थियो ।

निगमले भण्डारण गर्दा दुर्घटनाको खतरा बढ्ने भनेर पनि सतर्क गराएको छ।

पेट्रोलपम्पमा लाईन
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top