१५ फागुन, नुवाकोट । गत हप्ता त्रिशूली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक बालक मृत अवस्थामा फेला परेका छन् ।
म्यागङ गाउँपालिका–५ कल्लाबारी घर भई हाल विदुर नगरपालिका–२, बट्टार दम्कीचोकमा बस्दै आएका १५ वर्षीय रिबज तामाङ पौडी खेल्न गएका बेला नदीले बगाएको थियो।
गत ६ गते बेपत्ता भएका उनको शव देवीघाट जलविद्युत केन्द्र नजिकै सिँचाइ पुल आसपासको क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
तामाङको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरीका तालिमप्राप्त गोताखोर टोली परिचालन गरिएको थियो।
घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया