+
Search

ताजा अपडेट +

पपुलर +

विदुर नगरपालिकाको लेटरहेडमा ‘बहुरूपी’ शैली

administration office of Bidur municipality Nuwakot
डबली खबर
२ महिना अगाडी

१ फागुन, नुवाकोट । विदुर नगरपालिकाबाट जारी हुने आधिकारिक पत्रहरूको स्वरूपमा एकरुपता नहुँदा प्रशासनिक अन्योल बढेको छ।

नगरपालिका एउटा भए पनि प्रशासन, विभिन्न शाखाहरु र वडा कार्यालयहरूबाट बाहिर आउने पत्रहरूको ढाँचा फरक-फरक हुनुले नगरपालिकाको संस्थागत पहिचानमाथि नै प्रश्न उठाएको छ। आधिकारिक दस्ताबेजमा हुनुपर्ने गम्भीरता र स्थिरता नहुँदा यसले स्थानीय प्रशासनको कार्यशैलीलाई ‘अव्यवस्थित’ देखाएको छ।

नगरपालिकाले आफूलाई प्रविधिमैत्री र आधुनिक बनाउने दाबी गरिरहँदा एउटा सामान्य कागजको ‘लेटरहेड’को डिजाइन् समेत मिलाउन नसक्नु आश्चर्यको विषय बनेको छ।

नगपालिकाका एक अधिकृतले भने “लेटरहेडको एकरुपता नहुँदा अन्यौलता देखिएको छ । उक्त समस्या समाधानको लागि नगर कार्यपालिका, सबै वडागत र शाखागतहरुमा क्युआरसहित नयाँ लेटरहेडको ढाँचामा एकरुपता ल्याउन जारी गर्नेछौँ।”

कुनै पत्रमा लोगो एउटा कुनामा छ भने अर्कोमा क्युआर देखिन्छ। अक्षरको फन्ट, आकार, रङ र कागजको गुणस्तरमा समेत तालमेल नहुँदा, यो कुनै व्यवस्थित सरकारी कार्यालय हो कि कुनै परीक्षण भइरहेको प्रयोगशाला हो भन्ने छुट्याउन गाह्रो हुन थालेको छ ।

प्रशासनिक दृष्टिकोणले आधिकारिक पत्रको एउटै मानक हुनुपर्नेमा यहाँ भने प्रशासन वा प्रशासकीय पिच्छे लेटरहेडको डिजाइन फेरिने गरेको पाइएको छ। यसले नगरपालिकाको ‘ब्रान्डिङ’ लाई कमजोर मात्र बनाएको छैन, बरु कार्यालयभित्रको समन्वयको अभावलाई पनि छर्लङ्ग पारेको छ।

सबैभन्दा जोखिमपूर्ण कुरा त के छ भने, पत्रको ढाँचा अस्थिर हुँदा सर्वसाधारण नागरिकहरू झुक्किने गरेका छन्।

नुवाकोट नागरिक समाजका उपाध्यक्ष बसन्त रिजालले भने “कुन पत्र आधिकारिक हो र कुन कीर्ते हो भनेर सर्वसाधारणले सहजै ठम्याउन नसक्ने अवस्था सिर्जना भएको छ। यसले गर्दा भोलिका दिनमा प्रशासनिक जालझेल गर्नेहरूलाई फाइदा पुग्न सक्छ। सरकारी कागजको विश्वसनीयता कायम राख्न पनि एउटै र निश्चित ढाँचाको प्रयोग अनिवार्य हुन्छ।”

हाल जारी भएको नगरपालिकाको कार्यपालिका र वडागत पत्रहरु

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ