sujim bazar advert

छैठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि नवसञ्जीवनी माविलाई

डबली खबर     पुस २१, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

panchakanya sixth president running shield cup 2082
Big Education Consultancy Nuwakot
global ime bank flash loan

२१ पुस, नुवाकोट । पञ्चकन्या गाउँपालिकामा सञ्चालन भएको गाउँपालिकास्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नवसञ्जीवनी माध्यमिक विद्यालयले हात पारेको छ।

कालिका माध्यमिक विद्यालयको खेलमैदानमा भएको समापन समारोह गाउँपालिका सामाजिक विकास समितिका संयोजक रामबाबु पराजुलीको अध्यक्षता तथा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

प्रतियोगितामा नवसञ्जीवनी माध्यमिक विद्यालयले १० स्वर्ण, ४ रजत र २ कास्य पदकसहित प्रथम स्थान हासिल गर्दै उपाधि जित्न सफल भएको छ।

त्यसैगरी इन्द्रायणी माध्यमिक विद्यालयले ९ स्वर्ण, ४ रजत र ७ कास्य पदकसहित दोस्रो तथा पञ्चकन्या माध्यमिक विद्यालयले २ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित तेस्रो स्थान हासिल गरेका छन्।

विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी तथा विद्यालयलाई गाउँपालिकाको तर्फबाट प्रमाणपत्र, मेडल, ट्रफी र नगद पुरस्कारसहित सम्मान गरिएको थियो।

प्रतियोगिताले स्थानीय तहमा खेल प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष तामाङले बताए । खेलकुदको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा यस्ता प्रतियोगिताको महत्व रहेको उनले बताए ।

पुस १८ गतेदेखि २१ गते सम्म भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top