+
Search

ताजा अपडेट +

पपुलर +

नुवाकोटमा काैडा खेल्दै गरेका २२ जना पक्राउ

22 people arrested for playing Kauda in Nuwakot
डबली खबर
८ महिना अगाडी

१२ भदौ, नुवाकोट । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका-६ गुर्जेस्थित बार्दल इन रिसोर्टमा कोडा खेल्दै गरेका २२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

होटलमा प्रहरी टोली पुगेर १० लाख ७१ हजार ६०० रुपैयाँ र ३१ थान कौडासहित २२ जनालाई पक्राउ गरेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विक्रम लामाले जानकारी दिए । पक्राउ पर्नेमा ६ महिलासमेत रहेको छ।

गोप्य सुचनाको आधारमा कौडा खेलिरहेको अवस्थामा हिजो बुधबार राति ११ बजेर २५ मिनेटको समयमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

रितपुर्वक जुवा सम्बन्धी कसूरमा प्रमाण लाग्ने दशी बरामद गरी निजहरुलाई कानून बमोजिम पक्राउ गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवा सम्बन्धी कसूरमा दिन ७ (सात) म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ