१० असार, नुवाकोट । शिवपुरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक प्रस्तुत गरेको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गाउँ सभाको १६औँ अधिवेशनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरिएको छ ।
यस्तै, गाउँपालिका उपाध्यक्ष वीरबहादुर तामाङले प्रस्तुत गरेको आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२, आ.व. २०८१/०८२ को राजश्व परामर्श समितिको प्रतिवेदन, आ.व. २०८२/०८३ को राजश्वको अनुमान प्रक्षेपण र न्यायिक समितिको प्रतिवेदन पेस गरेका थिए ।
उपाध्यक्ष तामाङले प्रस्तुत गरेको आर्थिक विधेयक २०८२ र आ.व. २०८२/०८३ को कुल बजेट ६० करोड ४८ लाख ८६ हजार ३३३ रुपैयाँ को विनियोजन विधेयक सर्वसम्मत पारित गरिएको छ ।

प्रतिक्रिया