+
Search

ताजा अपडेट +

पपुलर +

शिवपुरी गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाईने

Making Shivpuri Rural Municipality information technology friendly policy 2083
डबली खबर
१० महिना अगाडी

१० असार, नुवाकोट । शिवपुरी गाउँपालिकाले सेवा आगामी आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकालाई सूचना प्रविधिमैत्री बनाईने भएको छ।

गाउँपालिकाका अध्यक्ष गोविन्दप्रसाद थपलियाले गाउँ सभाको १६औँ अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका, विषयगत शाखा तथा वडा कार्यालयहरुबाट हस्तलिखित रुपमा सञ्चालन भएको सेवा प्रवाह पूर्ण रुपमा बन्द गरि सूचना प्रविधिमैत्रि बनाई अनलाईन सिफारिस र राजश्व सङ्कलन कार्यालयलाई सफ्टवेयरमार्फत् थप प्रभावकारी बनाईने बताएका हुन् ।

सूचना प्रविधि तथा सञ्चार क्षेत्र अन्तर्गत गाउँपालिकाले नेपाल सरकारको ई-शासन धारणालाई अनुशरण गरी कागजविहीन डिजिटलाइजेसनको सुरुवात गरिने उनले बताए ।

गाउँपालिकाले स्थानीय सरकार अन्तर्गतका रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सञ्चार संस्थाको व्यवस्थापनलाई थप प्रभावकारी बनाइने उनले बताए ।

यसैगरी, स्थानीय तहको प्रयोगमा रहेको सफ्टवेयरलाई आवश्यकताअनुसार थप प्रभावकारी बनाइने भएको छ । एकीकृत सूचना प्रविधि प्रणालीको अवधारणाअन्तर्गत पालिकाको निर्णय तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिइ सूचनामैत्री कार्यालयको विकास गरिने उनले बताए ।

गाउँपालिकाभित्र रहेका स्रोत साधन, सेवा केन्द्रलगायत सम्पूर्ण नागरिकहरुको पेसा व्यवसाय, सामाजिक आर्थिक अवस्था, रोजगारीको अवस्थासहितका विवरणहरु समावेश गरी शिवपुरी गाउँपालिकाको डिजिटल गाउँ प्रोफाइल निर्माण गरिने भएको छ।

गाउँपालिकाको निर्णय तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई खुल्ला सरकारको नीति लिइने छ । सूचना र प्रविधिको माध्यमबाट गाउँपालिकामा सेवाग्राहीको गुनासो लिने र सम्बोधन गर्ने परिपाटीको विकास गरिने भएको छ ।

गाउँपालिकाले सम्पादन गर्ने गतिविधिहरुको आवधिक रुपमा गतिविधिहरु सञ्चारका विभिन्न माध्यमद्वारा प्रसारण गरिने व्यवस्था मिलाइने भएको छ ।

गाउँपालिकाले ई-हाजिरी कार्यलाई बाँकी विद्यालयमा व्यवस्थापन गरिने भएको छ ।

गाउँपालिकाको सेवा सुविधा, नीति नियम, सूचना तथा गतिविधिहरु सबै नागरिक समक्ष पुऱ्याउन शिवपुरी गाउँपालिका डिजिटल सोधपुछ कक्ष, डिजिटल सूचना पाटी, टोकन प्रणाली, क्युआर कोडको व्यवस्था मिलाइने भएको छ । सबै वडा कार्यालयमा सूचना केन्द्रको स्थापना गर्नुका साथै विद्युतिय हाजिरलाई आवश्यक्ता अनुसार जडान गरी थप व्यवस्थित गरिने भएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ