+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

स्थानिय तहका जनप्रतिनिधि र आदिवासि जनजाति अगुवालाई प्रशिक्षण

स्थानिय तहका जनप्रतिनिधि र आदिवासि जनजाति अगुवालाई प्रशिक्षण
डबली खबर
१० महिना अगाडी

१९ जेठ, नुवाकोट । बेलकोटगढी नगरपालिका बागखोरमा स्थानिय तहका जनप्रतिनिधि र आदिवासि जनजाति अगुवालाई एक दिने प्रशिक्षण कार्यक्रम भएको छ ।

सोमबार नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलकोटगढीको आयोजनामा भएको कार्यक्रममा आदिवासि जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा आदिवासि जनजाति आयोगका अध्यक्ष थापा मगरले आगामी बजेटमा आफ्नो हक अधिकार सुनिश्चित गर्न आदिवासि जनजाति समुदाय एजेण्डा पेश गर्न अनुरोध गरे । बागमती प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजमा लागू गरेतापनि स्थानीय तहगत रुपमा लागू नभएकोमा दु:ख व्यक्त गरे।

उनले संविधानको कार्यान्वन गरी स्थानीय भाषामा अध्यापन गराउनुपर्ने, आदिवासि जनजाति समुदायमा आवश्यक घरेलु मदिरा, पशुपालनलगायतका पेशालाई व्यवस्थित बजारीकरण गर्न पहल गर्नुपर्ने बताए ।

नेपाली आदिवासी जनजातिहरूको मानव अधिकारको लागि वकिल सङ्घका अध्यक्ष अधिवक्ता दिनेशकुमार घलेले सहभागी एवम् प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिएका थिए । उनले संयुक्त राष्ट्र घोषणा–पत्र, नेपालको संविधान र कानुनमा भएको आदिवासी जनजाति सम्बन्धी व्यवस्था, आदिवासी जनजाति आयोगलगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समिति नुवाकोटका अध्यक्ष भगवान रानामगरले समुदायको हक, अधिकार सुनिश्चित गर्न सबैले डटेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद्का अध्यक्ष विष्णु तामाङले संविधानको अक्षरस पालना गर्न स्थानीय तहमा आदिवासी जनजातिको हक अधिकारी सुनिश्चित गर्न नीतिगत दबाब दिने बताए ।

कार्यक्रममा बेलकोटगढी नगरपालिका-३ का वडाअध्यक्ष कौशिला पुडासैनी, कार्यपालिका सदस्य सिताराम बिक, जगतरेश्मी मगरले आदिवासी जनजातिको स्थानीय तहले गरेको कार्य, नीति, बजेट विनियोजनलगायतका विषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ नगर समन्वय परिषद् बेलकोटगढीका पदाधिकारी तथा सदस्यहरु, नगरपालिका क्षेत्रका विभिन्न आदिवासी जनजातिको सङ्घ संस्थाहरुको प्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।

  

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ