sujim bazar advert

डिजिटल कर्णाली सम्मेलन सुरू

डबली खबर     बैशाख १०, २०८२

Sizen Education Consultancy Pvt. Ltd.

karnali digital conclave 2082
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१० वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली सम्मेलन सुरू भएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलन कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरमा सुरू भएको हो ।

कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले उद्घाटन गरेका थिए ।

कार्यक्रममा डिजिटल कर्णालीको हालको अवस्था, अवसर, सम्भावना र चुनौतीका विषयमा बृहत छलफल हुने जनाएको छ ।

‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न विधागत रुपमा अन्तर संवाद हुने जनाएको छ । कार्यक्रममा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट वक्ताको रुपमा सहभागी भएका छन् ।

साथै कार्यक्रमकोआज अन्तिम दिन बुधबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत डिजिटल कर्णालीका लागि प्रतिबद्धतापत्र समेत जारी हुनेछ ।


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top